प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति गैर संवैधानिक भन्दै अधिवक्ता प्रेमराज सिलवाललगायतका टोलीद्वारा सर्वोच्चमा रिट, नियुक्ति खारेजी गर्न माग, सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको व्यक्ति कार्यकारी प्रमुख बन्न नपाउने दाबी । हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात, श्रम संस्कृति पार्टीलाई विधानको व्यवस्थाबारे स्पष्ट हुनुपर्ने र नागरिक पार्टी साथै उज्यालो नेपालसँग ५ सय जनाको हस्ताक्षर नपुगेको भन्दै विवरण माग । यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक, कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा साइत उत्तम रहेको समितिका अध्यक्ष शम्भुप्रसाद ढकालद्वारा जानकारी । गाजामा युद्धविराम सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे हस्ताक्षर, सम्झौताअन्तर्गत हमासले गाजामा रहेका २० जना जीवित इजरायली बन्धक मुक्त, थप चार जनाको शव हस्तान्तरण । सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा, १२ सदस्य टोलीमा समावेश, खेल कात्तिक १७ देखि २४ गतेसम्म श्रीलंकामा आयोजना हुँदै ।
देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।  अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताउका हुन् । बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रि...

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु, शुक्रबारसम्म चल्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो । बुधवारबाट शुरु भएको बैठक शुक्रबारसम्म चल्नेछ ।  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ । ...

जेन-जीका माग ६ वर्षपछि मात्रै पूरा हुन्छन्, सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने बताउका छन् ।  सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरु पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेका...

जेन जीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैनः ज्ञानबहादुर शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् ।  बुधवार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए । जेन जीको अहिलेको माग...

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका वडा नं.१२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चितवन खैरहनी नगरपाल...

मधेश प्रदेशमा लोसपाको नेतृत्वमा सरकार बनाउने सहमति

काठमाडौं । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो । हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको एक नेताले बताए । जनमतका मुख्यमन्त्री सत...