समीक्षा र सीडी विजयको 'जाउँ हिँडौं बटौली ' सार्वजनिक  (भिडियो)

194 Shares

काठमाडौं । पछिल्लो समयका चर्चित गायक सी डी विजय अधिकारी र गायिका समीक्षा अधिकारीको युगल स्वरमा 'जाउँ हिँडौं बटौली ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्द्धनमा सक्रिय अग्रणी कम्पनी 'हाइटेक इन्टरटेन्टमेन्ट'ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ ।

पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी उषा उप्रेती र प्रभातपाल ठकुरीको अभिनय रहेको भिडियोमा सौरभ लामाको सिनेमाटोग्राफी, सुदीप पाण्डेको कलर ग्रेडिङ र मित्र डी गुरुङको सम्पादन रहेको छ। भिडियोको कोरियोग्राफी र निर्देशन चर्चित निर्देशक कविराज गहतराजले  निर्देशन गरेका हुन् ।

कुशल संगीतकार र गीतारबादक अनिल शाहीले धेरै लोकप्रिय गीतमा संगीत भरिसक्नु भएको छ । सुमधुर स्वरमा गाउन पनि सक्ने खुबी भएका अनिलले गीतमा मोडलिङ साथै म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् । 
गीतकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला