66
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने व्यवस्था मिलाइएको छ ।
उहाँले मन्त्रालयमा नै बस्ने इच्छा व्यक्त गरेपछि आवश्यक बन्दोबस्तीका सामानहरूको व्यवस्था गरिएको हो ।
सोमबार शपथग्रहणसँगै पदभार ग्रहण गर्ने क्रममा उहाँले आफूलाई थप सुविधा आवश्यक नभएको स्पष्ट गर्दै मन्त्रालयमै बस्ने इच्छा व्यक्त गरेका थिए ।
यसै क्रममा उहाँले सचिवलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया