तीन महिनाभित्र विश्वविद्यालयहरूले नतिजा प्रकाशित नगरे अनुदान रोक्का गरिदिने शिक्षा मन्त्रीको घोषणा

61 Shares

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कर्मचारीहरूलाई विभिन्न निर्देशन दिनुभएको छ ।  

उहाँले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिँदै जानकारी गराउनुभएको हो ।  

उहाँका अनुसार नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिनुभएको छ ।  

केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउने गरेको भन्दै विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हुने बताउनुभयो । 

विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिइएको छ । 

समयमा नै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने उनले बताउनुभयो ।  

त्यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर ठुला रुखहरू नकाट्ने सफा गरी सुन्दर बगैँचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिइएको छ ।