जेन-जीका माग ६ वर्षपछि मात्रै पूरा हुन्छन्, सरकार निर्वाचन गराउने पक्षमा देखिँदैनः राजेन्द्र पाण्डे

33 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेन—जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने बताउका छन् । 

सभामुख देवराज घिमिरेसँगको कुराकानीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

संसद विघटन नभएको भए अहिलेकै संसदबाट संविधान संशोधन गरेर मागहरु पूरा गर्न सकिने भएपनि त्यो अवस्था नरहेका बताए ।

अब निर्वाचित हुने सांसदहरुले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेन जीका मागहरु अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने बताए ।

वर्तमान सरकारका मन्त्रीहरु फागुन २१ मा निर्वाचन गरानेतर्फ भन्दा राजनीतीक दलहरुसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाए । अन्तरिम सरकारका मन्त्रीहरुले निर्वाचन नगराउने किसिमका मन्तव्यहरु दिँदै हिँडिरहेको बताए ।

उनले निर्वाचनको बारेमा राजनीतिक दलहरुलाई बोलाएर सिंहदरबार छलफल गर्नुपर्नेमा शितल निवासमा बोलाउनु नै गलत भएको बताए ।

८ हजार कैदीबन्दी फरार रहेको, १ हजार २ सय बढी हातहतियार लुटिएको, ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने जिकिर गरे ।