41
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ ।
क्यानले शनिबार बिहान महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ ।
क्यानको अनुसार मुख्य प्रशिक्षकको आवेदन दिन इसिबीरसीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने बताएको छ ।
त्यस्तै, कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेको अनुभव भएको व्यक्तिले आवेदन दिन पाउने छन् । यो आवेदन दिने अवधि अक्टोबर २५ गतेसम्म रहेको छ ।
क्यानले महिला विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो ।
नेपालले यही जनवरीमा घरेलु मैदानमै टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया