जाडो बढ्न थालेसँगै हुम्लाको तापक्रम माइनसमा

27 Shares

काठमाडौं । जाडो बढ्न थालेसँगै हुम्लाको तापक्रम माइनसमा झरेको छ । 

मौसमी प्रणाली बाहिरिएसँग तापक्रम भने घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्न थालेको हो ।

काठमाडौंसहित देशैभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । तापक्रम घटेका कारण बिहान र साँझको समयमा जाडो महसुस हुन थालेको मौसम विज्ञान विभागका जनाएको छ । 

शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम (१.३३ रहेको छ । उपल्लो हुम्लामा हिमपात भएका कारण तापक्रम घटेको हो । हिमपातका कारण हुम्लाको न्यालु सडकखण्ड नै अवरुद्ध भएको छ ।

यस्तै जुम्लाको तापक्रम पनि घट्न थालेको छ । हाल जुम्लाको तापक्रम ३.१ मा झरेको छ ।

शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस छ । यो तापक्रम शुक्रबारको तुलनामा घटेको हो । 

शुक्रबारको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस थियो । यो अझै घट्ने क्रममा छ ।

केही दिनअघिसम्म नेपालमा उल्लेखनीय वर्षा भएको थियो र तापक्रम पनि बढी नै थियो । 

वर्षाका कारण पूर्वी नेपालमा ठूलो क्षति भएको थियो ।