सुनको भाउ एकैदिन ८ हजार १ सयले बढ्यो: कतिमा हुँदैछ कारोबार ?

34 Shares

काठमाडौं । आज सुनचाँदीको भाउमा कीर्तिमान कायम भएको छ । 

सुनको भाउ एकैदिन आठ हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ एकैदिन एक सय पाँच रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च हो । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय २० रुपैयाँ थियो ।