
काठमाडौं । गायक रामचन्द्र काफ्ले र गायिका भावना आचार्यको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।
गायिका आचार्य स्वयंको शब्द तथा संगीत सृजना रहेको सार्वजनिक गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका भावनाले समयमा नै विवाह गर्न भन्दै रमाइलो शैलीमा महिला दिदीबहिनीलाई आग्रह गरेकी छिन्।
भिडियोमा नायिका शिल्पा पोखरेल र नवीन किशोरको जोडी खुबै सुहाएको छ। लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन् । भिडियोमा शिल्पा र नवीनका अलावा गायक काफ्ले र गायिका भावना स्वयंको पनि अभिनय देख्न सकिन्छ।
निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन बिनोद विष्टले गरेका हुन्। गायकसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आफैँ पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन्।
भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन्।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
फेसबुकबाट तपाईको प्रतिक्रिया