
काठमाडौँ । ‘योङ इण्डिजिनिष्ट लिग’ ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
लिगले सोमबार राज्य औपनिवेशिकता, बाह्य प्रभुत्व र पुँजीवादी नीतिविरुद्ध स्वदेशी स्वशासनको माग अघि सारेको हो । “हाम्रो भूमि, हाम्रो भाषा, हाम्रो संस्कृति हाम्रो अस्तित्वका स्तम्भ हुन्। अब मौन बस्ने समय छैन।” भन्ने नाराका साथ संगठनले यो घोषणापत्रलाई स्वदेशी युवाको चेतना, पहिचान र भविष्य निर्माणको खाका भएको घोषणापत्रमा भनिएको छ । ‘योङ इण्डिजिनिष्ट लिग’ स्वदेशी राष्ट्रहरूको आत्मनिर्णय, सांस्कृतिक पुनर्जागरण र न्यायपूर्ण समाज निर्माणका लागि युवाहरूको सामूहिक अभियान हो। संगठनले स्वदेशी अधिकारलाई केवल माग होइन, जन्मसिद्ध हकका रूपमा परिभाषित गरेको घोषणापत्र उल्लेख गरिएको छ । साथै, भूमि, जल, जंगल र जैविक विविधतालाई साझा सम्पदाका रूपमा सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ। यस्तै अन्तर्राष्ट्रिय स्तरमा स्वदेशी अधिकारको झण्डा उच्च राख्ने र राष्ट्रिय नीति निर्माणमा स्वदेशी युवाको सहभागिता सुनिश्चित गर्ने अठोट पनि व्यक्त गरिएको छ। त्यसैगरी लिगले सोमवार गरेको घोषणा सभामा जेनजी आन्दोलनमा रहेका युवाहरुसँग पनि अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा जेनजीहरुले गरेको आन्दोलनको उपलब्धि र अबको दिनमा आउने समस्याहरुसँग कसरी लड्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया