
काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही हप्ता बाँकी भएसँगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ। यस्तैमा लोकप्रिय नायिकाहरु अन्जली अधिकारी, बिना राउत र जुना कार्की अभिनित मौलिक तीज गीत ‘कतिमा राम्री’ को भिडियो सार्वजनिक भएको छ।
गीतकार कृष्णहरि बरालको शब्द रचना, हरि लम्सालको संगीत र गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउँदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ। पछिल्लो समय आएका विकृत र अश्लील खाले तीजको गीतबाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलिक र सन्देशमुलक हुने निर्माण पक्षको दाबी छ।
कुशल सिंहद्वारा एरेन्ज गरिएको गीतको भिडियोलाई गायिका माधवी अर्यालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । केशव भट्ट निर्देशित भिडियोमा अजय रेग्मीको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ। गायिका अर्यालको गत बर्ष पनि तीज गीत ‘माइतै रमाइलो’ सार्वजनिक भएको थियो । जसलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला
फेसबुकबाट तपाईको प्रतिक्रिया