‘प्रोजेक्ट नजिक ’पोडकास्ट श्रृंखला संचालन गर्दै गायक दीपक बज्राचार्य

205 Shares

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रृंखला ‘प्रोजेक्ट नजिक’ को संचालनमार्फत पनि दर्शक माझ आउने भएका छ । 

यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम 'टिएमएस' का मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रृंखला ‘प्रोजेक्ट नजिक ’ मंगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

पर्दा पछाडि रहेर समाजमा योगदान दिएका हरेक क्षेत्रका ब्यक्तित्त्वहरु जोसँग अहिलेसम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन , आफ्नै समकालीन साथीहरुसँग बसेर आफ्नो शुभचिन्तकहरुसँग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउन र लोप हुन लागेको र नचिनिएको  नेपाली बाजाहरुलाई नजिकबाट चिनाउनको लागि  ‘प्रोजेक्ट नजिक ’को पोडकास्ट श्रृंखला संचालन गर्न लागिएको गायक  बज्राचार्यले जानकारी दिनु भयो  ।

1.jpg

पोडकास्ट श्रृंखला ‘प्रोजेक्ट नजिक ’को सार्वजनिक प्रोमोमा बरिस्ठ लोकगायक कुमार बस्नेत , लोकप्रिय संचारकर्मी प्रकाश सुवेदी , नेपालका पहिलो ड्रमर देव राना, सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज केसी लगायतको क्लिप्स राखिएको छ । एपिवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट श्रृंखला ‘प्रोजेक्ट नजिक ’ का इपिसोडहरुलाई युट्युबमा भने गायक दीपक बज्राचार्यको युट्युब च्यानल 'डी प्रोडक्सन' मार्फत हेर्न सकिने छ ।