News Portal Demo
images ×
images ×
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ
  • देश
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • खेलकुद
  • शिक्षा
  • पर्यटन
  • राशिफल
  • विचार
  • फिचर
  • ब्लग
  • समाचार
  • राजनीति
  • अर्थ
  • देश
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • खेलकुद
  • शिक्षा
  • राशिफल
  • ब्लग
  • English

राशिफल

मेष
२०८२ साल श्रावण ३१ गते शनिबार

व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। काममा बाधा आउनेछ। विश्वास गरेकाबाट धोका पाइने योग छ । अध्ययनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

वृष
२०८२ साल श्रावण ३१ गते शनिबार

नयाँ कार्यको थालनी हुनेछ । सन्तानबाट सुख प्राप्त गरिने योग छ । लेखनशैलीमा तीव्रता आउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जीत हुने देखिन्छ।

मिथुन
२०८२ साल श्रावण ३१ गते शनिबार

अध्ययनमा सफलता प्राप्त गर्न सकिनेछ। मनमा चञ्चलता बढेर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पारिवारिक मेलमिलाप बढेर जाने देखिन्छ।

कर्कट
२०८२ साल श्रावण ३१ गते शनिबार

बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । काममा ढिलासुस्ती भएर जानाले मनमा चिन्ता बढेर जाने योग छ।

सिंह
२०८२ साल श्रावण ३१ गते शनिबार

साझेदारी कामबाट घाटा बेहोर्नुका साथै जग्गा जमिनसम्बन्धी काममा वादविवादको सिर्जना हुने देखिन्छ । विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्दा मानसिक तनाव बढेर जाने योग छ।

कन्या
२०८२ साल श्रावण ३१ गते शनिबार

रोकिएको कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। जीवनसाथीको सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।

तुला
२०८२ साल श्रावण ३१ गते शनिबार

मानसम्मान प्राप्त हुनेछ । कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ। धर्मकर्मतर्फ मन जाने देखिन्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ । साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।

वृश्चिक
२०८२ साल श्रावण ३१ गते शनिबार

बाहनसम्बन्धी स्पष्टता पाइने योग छ । दाजुभाइमा कलह बढेर जाने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । सजग रहनुहोला।

धनु
२०८२ साल श्रावण ३१ गते शनिबार

पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोगले काममा थप हौसला मिल्ने देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । शत्रुपक्षबाट तपाईंकै जीत हुने देखिन्छ।

मकर
२०८२ साल श्रावण ३१ गते शनिबार

आयमा कमी आउनेछ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ। पठनपाठनमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।

कुम्भ
२०८२ साल श्रावण ३१ गते शनिबार

आयआर्जनमा वृद्धि भएर जानेछ । पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। प्रेम गर्ने अवसर जुट्नेछ ।

मीन
२०८२ साल श्रावण ३१ गते शनिबार

मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । वैदेशिक कार्यमा बाधा हुनुका साथै आफ्नो स्वास्थ्यमा समेत केही कष्टता आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।

सम्पर्क ठेगाना
  • काठमाडाैँ, बानेश्वर–१०
  • +977-9801875253
  • +977-9801875258, +977-9801875279
  • [email protected]
हाम्रो समूह
    • सम्पादक :खेम राज उप्रेती
सम्पर्क
  •  
  • सूचना बिभाग दर्ता नं. : २८३३ - २०७८/७९
newshousenepalofficial

Copyright © 2025 Nepalnewshouse.com. All rights reserved.

Design & Developed By :   Rudra Digital Corp.