News Portal Demo
images ×
images ×
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ
  • देश
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • खेलकुद
  • शिक्षा
  • पर्यटन
  • राशिफल
  • विचार
  • फिचर
  • ब्लग
  • समाचार
  • राजनीति
  • अर्थ
  • देश
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • खेलकुद
  • शिक्षा
  • राशिफल
  • ब्लग
  • English

राशिफल

मेष
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। तर सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले काममा उत्साहित भइनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययन र लेखनकलामा निखारता आउनेछ।

वृष
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा सजिलै कर्मसिद्धि हुने समय छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बिहीवारदेखि परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। खर्चिलो काममा लगानी गर्नुपरे पनि नाम, दाम र प्रतिष्ठा प्राप्त हुने समय छ।

मिथुन
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। सामाजिक कामले पदीय दायित्व समेत दिलाउन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। आम्दानी बढ्नेछ भने परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। सप्ताहान्तमा केही खर्च र दाैडधुप समेत गर्नुपर्ने हुन सक्छ।

कर्कट
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। मंगलवारदेखि धार्मिक मनोवृत्ति बढ्नेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विवादास्पद काममा जुट्नुपरे पनि नाम, दाम र इनाम हात पार्ने समय छ। विशेष व्यक्तिसँग भेटघाट हुने समय छ। आयस्रोत सबल बन्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा आम्दानी बढ्नाले जीवनशैलीमा सुधार आउनेछ।

सिंह
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवार र बुधवार भने कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। समस्या दर्साउँदा साथीभाइकाे सहयाेग पनि जुट्नेछ। बिहीवारपछि स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। सप्ताहान्तमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम, दाम र इनाम कमाउन पनि सकिनेछ।

कन्या
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

साताकाे प्रारम्भमा विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले दैनिकी रमाइलाे रहनेछ। बिहीवारपछि भने अनावश्यक क्षेत्रमा ध्यान दिनाले केही झमेला आइलाग्न सक्छन्। स्वास्थ्य कमजोर रहने समय छ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिस्थितिजन्य समस्या आए पनि सप्ताहान्तमा भाग्यले साथ दिनेछ। धन र मानसम्मान समेत प्राप्त हुनेछ।

तुला
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनेछ। जटिल कामका लागि साथीभाइकाे सहयाेग जुटाउनु हाेला।

वृश्चिक
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

अवसर आए पनि अध्ययन नगरी नयाँ काम नथाल्नुहाेला। नतिजा कमजाेर देखिनाले पहिलेका काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफन्तको सहयाेग जुट्नाले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अध्ययनमा विशेष प्रगति हुनेछ। मिहिनेतले नयाँ काम हातपार्न सकिनेछ। प्रभावशाली व्यक्तिहरू समेत प्रतिस्पर्धामा पछि पर्नेछन्। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ। व्यवसायले रमाइलो यात्रा गराउने समय छ। पेसा–व्यवसायमा राम्राे फाइदा हुनेछ। सप्ताहान्तमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। विशेष निम्तो आउन सक्छ।

धनु
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवार र बुधवार केही पारिवारिक उल्झन आउन सक्छन्। घरमा असमझदारी बढ्ने हुँदा काम राेकिन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। बिहीवारदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। लगनशीलताले सफलता दिलाउनेछ। पुरुषार्थी कामले प्रतिष्ठा दिलाउनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला।

मकर
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

साता रमाइलाे रहनेछ। सुरुमा तारिफयाेग्य काम गर्नाले प्रशंसकहरू पनि बढ्नेछन्। बुधवारसम्म स्थिति अनुकूल रहनेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। सहयोगीहरू जुट्नाले महत्त्वपूर्ण काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। बिहीवारदेखि भने परिबन्धले केही चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यमा पनि केही कमजोरी अनुभूति हुनेछ।

कुम्भ
साप्ताहिक राशिफल जेठ २४–३०, २०८

प्रारम्भमा शुभचिन्तकहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्नाले प्रशंसकहरू पनि बढ्नेछन्। मंगलवार र बुधवार आलाेचकहरूकाे फन्दामा परिने सम्भावना छ। बाेलीकाे गलत अर्थ लाग्नुका साथै फजुल खर्च बढ्ने सम्भावना देखिएकाले हाेसियार रहनुहाेला। सत्कर्ममा जुट्नेहरूलाई भने शुभचिन्तकहरूले साथ दिनेछन्। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

मीन
साप्ताहिक राशिफल जेठ २४–३०, २०८३

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। रोकिएका काम बन्नेछन्। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। आम्दानीको नयाँ स्रोत भेटिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै उपलब्धि प्राप्त हुनेछ। सप्ताहान्तमा इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। भौतिक साधन जुटाउने समय छ।

सम्पर्क ठेगाना
  • काठमाडाैँ, बानेश्वर–१०
  • +977-9801875253
  • +977-9801875258, +977-9801875279
  • [email protected]
हाम्रो समूह
सम्पर्क
  •  
  • सूचना बिभाग दर्ता नं. : २८३३ - २०७८/७९
newshousenepalofficial

Copyright © 2026 Nepalnewshouse.com. All rights reserved.

Design & Developed By :   Rudra Digital Corp.