लगातार बढिरहेको सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो

50 Shares

काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज चार हजार दुई सय रुपैयाँले घटेको छ । 

आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

गएको शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज एकैदिन ६० रुपैयाँले बढेर तोलाको तीन हजार ८५ रुपैयाँ पुगेको छ ।

हिजो चाँदीको भाउ तोलाको तीन हजार २५ रुपैयाँ थियो ।