23
Shares

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने देखिएको छैन।
शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । तर, सामान्य प्रभाव भने कायमै छ ।
जसका कारण पूर्वी नेपालका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाका जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया