
काठमाडौं, २६ । ललितपुरमा १८ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ ।
असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा फूल प्रदर्शनी हुने भएको हो । आइतबार फ्लोरिकल्चर एसोसिएसन नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनी नेपालको एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी भएको रहेको जानकारी दिएको छ । प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने जनाइएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको सो प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित र बिक्री वितरण हुने आयोजकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया