काठमाडाैंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएकाे छ । काठमाडाैं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन लागेको हो । महानगरले शुरुमा दुई वटा रुटमा बस सञ्चालन गर्ने तयारी गरेकाे छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुने महानगरले जनाएकाे हाे । त्यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय त्रिभवन विमानस्थलसम्म अर्को रुटमा रात्री बस सञ्चालन गरिने भएकाे छ । यी दुई रुटमा ४ वटा रात्रीकालीन विद्युतीय बस सञ्चालन हुने भएका हुन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुने समेत महानगरले जनाएकाे छ । साथै सुरक्षाका लागि नगर प्रहरी हुने समेत महानगरले जानकारी गराएकाे हाे ।
सार्वजनिक शिक्षामा गुणस्तर र पहुँच विस्तार गर्न सरकारको नयाँ प्रस्ताव

काठमाडौं — सरकारले सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मकता बढाउने लक्ष्यसहित नयाँ प्रस्तावना तयार पारेको छ। शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयन गर्ने क्रममा विभिन्न राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धताका आधारमा यस्तो योजना अघि सारिएको हो। प्रस्तावअनुसार विद्यालय शिक्षा अनिवार्य र निःशुल्क बनाइनेछ भने पूर्वप्राथमि...

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक लामाको निधन

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार (वैशाख १) बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा आइतबार (चैत २९) डिउटी सकेर घर फर्कंदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँड...

विदेशबाट आयातित वस्तुमा अनिवार्य रूपले अधिकतम खुद्रा मूल्य टाँस्नुपर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले विदेशबाट पैठारी गरिएका सबै वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै अनिवार्यरुपले एमआरपी उल्लेख गर्न निर्देशन दिएको हो । विभागका अनुसार अब नेपालमा बिक्री वितरण गरिने सबै आयातित वस्तुमा स्पष्ट र...

सरकारद्वारा राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझाव मागेको छ । सरकारले विभिन्न दलका घोषणापत्रमा समेटिएका विषयलाई एकीकृत गरी साझा कार्ययोजना लागू गर्ने लक्ष्य राखेको जनाएको छ । अवधारणापत्रमा आर्थिक सुधार, कृषि, पर्...

संघीय मन्त्रालयको संख्या १७ बनाइने

काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने भएको छ । सरकारले ६ वटा राष्ट्रिय दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै मन्त्रालयको संख्या १७ बनाउने जनाएको हो ।   मस्यौदाको ११औँ नम्बर बुँदामा भनिएको छ, “संघीय मन्त्रालयको संख्या १७ कायम गरिनेछ । प...

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्ः अध्यक्ष ओेली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिनुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत इतिहासको समीक्षा तथा भविष्यलाई नियाल्दै, नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीचको सार्थक सिनर्जी सिर्जना होस् भनेर शुभकामना दिनुभएकाे हाे । सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा...