स्वास्थ्य मन्त्रालयका सबै संयन्त्र पुनःस्थापित, कठिनाइ भए हटनम्बरमा फोन गर्न आग्रह

66 Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै संयन्त्र पुनःस्थापित गरिएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज  विज्ञप्ति जारी गर्दै मन्त्रालयले विगतदेखि नै प्रयोगमा रहेका सबै संयन्त्रहरू पुनःस्थापित गरिएको जानकारी गराउनुभएको छ ।

सेवा प्रवाहमा कुनै कठिनाइ भए हटनम्बरमा फोन गर्न आग्रह गरिएको छ । 

उहाँले मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग, केन्द्र तथा अस्पतालबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यका लागि दबाब दिएको एवं सेवा प्रवाहमा परेको कठिनाइ सिर्जना भएको अवस्था हटलाइन नम्बरमा फोन गर्न आग्रह गर्नुभयो । 

मन्त्रालयले हटलाइन नम्बर १११५, भाइबर तथा ह्वाटस् एप ९८५१३३०५९२ र इमेल [email protected], प्रवक्ता ९८५१२५५८३८ र सूचना अधिकारी ९८५१३६३७५६ मार्फत जानकारी गराउन आग्रह गरेको छ । 

मन्त्रालयले पूर्ण रूपमा जलेर नष्ट रहेको अवस्थामा अस्थायी व्यवस्थापनबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट मन्त्रालयले काम गरिरहेको मन्त्रालयका प्रवक्ता बूढाथोकीले जानकारी दिनुभयो ।