
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्न नहुने बताएका छन् ।
बुधवार सभामुखसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले राप्रपाले सभामुख देवराज घिमिरेसँग जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन भनेर स्पष्ट धारणा राखेको बताए ।
जेन जीको अहिलेको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज र गैरदलीय स्थानीय तह रहेको बताए ।
गैरदलीय स्थानीय तह नहुने पनि जेन जीकै मागहरु रहेको बताए । देशमा भ्रष्टाचार व्याप्त रहेको र यसलाई नियन्त्रण गर्न संविधानका केही धाराहरु वाधक रहेकाले त्यसलाई परिमार्जन गर्न जरुरी रहेको बताए ।
उनले नेपालको संविधानमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिले मतदान गर्न पाउने र उम्मेदावर बन्न नपाउने उमेहरदबन्दी हटाउनुपर्ने पनि बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया