आईसीसी टी ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दै

51 Shares

काठमाण्डौ । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ । 

खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । ने

पाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरिसकेको छ ।

हिजो जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपालले एक स्थान पार गरेको हो ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।

नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ ।

जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ । लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ ।