अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ ।
आईजीपी दानबहार कार्कीलाई एक पछि अर्को संकट, पत्रकार हत्या प्रयासको गम्भीर आरोप सहित सर्वोच्चमा पुग्यो मुद्दा

अहिले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई आपैआरोपको संकट आईपरेको छ । निर्वाचन प्रहरीको पोशाक भक्ता खरिद घोतला काण्डदेखि बिचौलीया इनम सापकोटा सम्मको कनेक्सनको खबर सेलाउन नपाउदै फेरि पत्रकार हत्या प्रयासको गम्भीर आरोप लागेको छ । शुक्रबार समाचार लेखेकै भरमा नयाँ पत्रिका सहित विभिन्न सञ्चारगृहमा सादा पोशाकका प्रहरी पठाएर पत्रकारलाई पक्राउ गर्न लगाएको...

जर्मनीमा महँगी र सैन्य सेवाविरुद्धको प्रदर्शनमा हिंसा, प्रहरीसँग झडप

काठमाडौं । महँगी, सरकारी खर्च कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा जर्मनीका विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बनेका छन्। शनिबार फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले केही पसलमा लुटपाट गर्नुका साथै प्रहरीमाथि पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन...

ट्रम्पको १० अर्ब डलरको मानहानि मुद्दा अदालतद्वारा खारेज, वाल स्ट्रिट जर्नललाई कानुनी राहत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलविरुद्ध दायर गरेको १० अर्ब अमेरिकी डलरको मानहानि मुद्दा अमेरिकी संघीय अदालतले खारेज गरेको छ । अदालतको पछिल्लो फैसलासँगै उक्त मुद्दा पुनः दायर गर्न नपाइने भएको छ । अमेरिकाको फ्लोरिडास्थित संघीय अदालतका न्यायाधीश ड्यारिन गेल्सले ट्रम्पले सञ्चारमाध्यमले जानाजानी गलत सूचना प्रकाशित गरेको वा सत्यताप्...

एकैदिन ८ हजारभन्दा बढीले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। एकैदिन प्रतितोला ८ हजार ३ सय रुपैयाँ घटेपछि सुनको मूल्य २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटको असर नेपाली बजारमा पनि...

गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै

काठमाडौं । सरकारले श्रमिकको बदलिँदो अवस्था र श्रम बजारका नयाँ चुनौतीलाई सम्बोधन गर्ने गरी श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ । गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा आउने विदेशी श्रमिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई व्यवस्थित रूपमा ऐनको दायरामा ल्याउने उद्देश्यसहित सरकारले संशोधनको तयारी गरेको हो । श्रम ऐनमा पछिल्लो समय विकसित भए...

फ्रान्समा महँगी र सरकारी नीतिविरुद्ध उत्रिए ३ लाख २० हजार नागरिक, विभिन्न सहरमा झडप

बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र कमजोर सार्वजनिक सेवाको विरोधमा फ्रान्समा ३ लाख २० हजारभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । अक्टोबर ३१ मा भएको देशव्यापी प्रदर्शन लगातार तेस्रो सातासम्म जारी रहेको हो । फ्रान्सको गृह मन्त्रालयले प्रदर्शनमा देशभर करिब ३ लाख २० हजार मानिस सहभागी भएका थिए। राजधानी पेरिसमा मात्रै ७० हजार मानिसले प्रदर्शन गरेका थिए । त...