नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । मंगलवार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत उहाँले सुझाव दिनुभयो । थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्यासिलाई आग्रह गर्नुभयो । सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मलाई एकदमै चिन्ता लागिरहेको छ । पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्नुभएका धेरैभन्दा धेरै साथिहरुले पदाधिकारीमा मनोयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथिहरु बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ । त्यसकारण मैले धेरै जनालाई अनुरोध पनि गरिरहेको छु । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो । हामी सबैलाई मिलाएर लिएर जान चाहान्छु । त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ । मैले साथिहरुको अधिकार खोस्न सक्दिनँ तर अनुरोध गरिरहेको छु । पार्टी एकजनाले चलाएर चल्दैन सबैको योगदान चाहिन्छ भनेर मैले अनुरोध गरिरहेको छु । अर्को कुरा, भोलिको दिनमा कसैलाई स्थानीय तहमा मेयर, उपमेयर, प्रदेश सांसद हुने मन छ भने कृपया केन्द्रीय सदस्यको लागि प्रतिस्पर्धा नगरिदिनुहोला । त्यसले तपाईको देशभित्रको कुनै पनि सम्भावना रहँदैन । यदि निर्वाचन हुनुभयो र भोलिको दिनमा आफूलाई प्रमाणित गर्न सक्नुभएन भने त्यसले पनि अफ्ठ्यारो हुन्छ । हामीले जिल्ला र पालिकालाई पनि अधिकार सम्पन्न बनाएका छौँ, भोलिको दिनमा प्रदेश र जिल्लामा बसेर पनि काम गर्नुपर्ने अवस्था भएको कारण भोलिसम्मको समय छ, सबै साथिहरुलाई आफ्नो मनोनयनको बारेमा विचार गरिदिनुहोला । हिजो विशेष महाधिवेशनमा सहभागि नहुनुभएका साथिहरुको लागि पनि ग्राउण्ड बराबर छ भन्ने अनुभूति दिलाउनको लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको हो । विशेष महाधिवेशनमा भाग नलिएका साथिहरुले भोलिको दिनमा तपाईंहरुले कार्यालय चलाउनुभयो, प्रतिस्पर्धा विशेषभन्दा अघिको जस्तो हुनसक्दैन भन्ने अवस्था नरहोस् भन्नको लागि पनि मैले यो पोजिसन लिएको हो । यही समस्याको कारण मैले क्रियाशील अद्यावधिकको कुरा जोडेको हो । पार्टीमा विवाद नरहोस् भन्ने नै मुख्य कुरा हो ।’ उहाँले महाधिवेशनपछि समेत पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताउनुभयो ।
सुनसरीमा नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

  सुनसरीको इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीका अनुसार आज बिहान हनुमान् मन्दिरनजिक बुलबुल यादवको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षी...

देशका सात जिल्लामा सवारी दुर्घटना, नौ जनाको मृत्यु

 देशका विभिन्न सात जिल्लामा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाले ज्यान गुमाएका हुन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा आज बिहान सुमो अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटना...

नेपाली क्यान्सर विशेषज्ञ डा. अरुण शाही एस्कोको एसिया–प्रशान्त क्षेत्रीय परिषद् सदस्यमा मनोनित

 काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) को एसिया–प्रशान्त क्षेत्रीय परिषद्को सदस्यमा मनोनित भएका छन्। नेपालले पहिलोपटक प्रतिनिधित्व पाएको उक्त परिषद्मा डा. शाही तीन वर्षका लागि मनोनित भएका हुन्। एस्कोकी अध्यक्ष डा. एलिजाबेथ ए....

कांग्रेसको चियापान कार्यक्रम नहुने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना नगर्ने भएका छन् । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताएका हुन् । बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गरेको चियापान कार्यक्र...

बडादशैँ नजिकिँदै गर्दा उपत्यका छाड्नेको लर्को, मुख्य नाकाहरूमा यात्रुको बाक्लो चाप

काठमाडाैं । नेपालीहरूको महान चाड बडादशैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौं उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कने नागरिकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। काठमाडौंका प्रमुख बहिर्गमन नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु तथा नयाँ बसपार्क क्षेत्रमा घर फर्किने सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार पछि...

केहेर एण्ड लुङ्गालाई कन्सर्टको चटारो, नयाँ गीतको तयारीमा केहेर सिंह

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा रहेको ‘केहेर एण्ड लुङ्गा’ ब्याण्डलाई कन्सर्टमा सहभागी हुन भ्याइनभ्याइ भएको छ । आफ्ना गीतमार्फत युवा पुस्तामाझ लोकप्रिय बनेको ब्याण्डले दसैँको समयमा पूर्वी नेपालका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने तयारी गरेको छ । बिहीबार झापाको बिर्तामोडबाट सुरु हुने कार्यक्रम दमक, इलाम र चुलाचुलीसम्म स...