सुनको भाउले बनायो नयाँ कीर्तिमान: तोलाको २ लाख ४० हजार नाघ्यो

40 Shares


काठमाडौं । आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । 

आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो चाँदीको भाउ तीन हजार एक सय २५ रुपैयाँ थियो ।