अस्वस्थ माछा-मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छः मासु खाने तरिका

78 Shares

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा—मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताएका छन् । 

उनले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताएका हुन् ।

उन स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गरे । स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन आग्रह गरे ।

मासुका परिकारहरु बढी खाने, जंकफुडहरु खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताए । स्वस्थ माछा मासु प्रयोग गर्नसके मात्रै पोशक तत्व प्राप्त हुने उनको भनाइ छ । सेकुवा, तारेर, भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए ।

छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको बताए । मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने बताए ।  

उनले दीर्घरोगीहरुले पनि आफ्नो समयअनुसार दैनिक रुपमा औषधि सेवन गर्नुपर्ने सुझाव दिए । भरसक सेतो मासु कुखुरा, माछा वा अन्य पंक्षीहरुको मासु खान सुझाव दिए । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुनेले स्वास्थ्य समस्या निम्त्याउनसक्ने उनको भनाई छ ।