61
Shares

काठमाण्डौ । ६ जना नेपाली महिला क्रिकेटरले मलेशियाको टी–२० क्रिकेट खेल्ने भएका छन् ।
राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरू सीता राना मगर, कविता जोशी, राजमती ऐरी, रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले मलेशियन क्रिकेट सङ्घको आयोजनामा क्वालालम्पुरमा हुने ‘एमसीए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनशिप’ खेल्ने भएका हुन् ।
प्रतियोगिता आउँदो कात्तिक १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली महिला टोलीले यसअघि पनि मलेशियामा नै सुपर वुमन सिरिज खेलेको थियो । त्यसपछि नेपाली महिला टोलीले मलेशियासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलेको थियो । यो शृङ्खला नेपाली महिला टोलीले ३–२ ले जितेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया