देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ : महेश बर्तौला

34 Shares


काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । 

अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताउका हुन् ।

बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएका बताए ।

जेन जीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको बताए । सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाए ।

राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको पनि बताए । 

उनले राजनीतिक दलहरुसँग संवादहिनतामा सरकार रहेको बताए । लुटिएका हतियार खोजि गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाएको बताए । भयरहित स्थिति बन्ने अवथा नरहेको बताए ।

फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागि परेको जिकिर गरे ।