पाकिस्तान र अफगानिस्तानबीच झडप हँदा ५८ पाकिस्तानी र ९ अफगानी सैनिकको मृत्यु

44 Shares

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा झडप भएको छ ।

पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा अफगान उत्तेजनाको निन्दा गर्दै अफगान सरकारलाई आफ्नो भूभाग आतंकवादी तत्वहरूले पाकिस्तान विरुद्ध प्रयोग नगर्ने सुनिश्चित गर्न माग गरेको छ ।

अफगानिस्तानले कसैद्वारा आफ्नो भूमिको कुनैपनि उल्लङ्घनलाई अनुत्तरित नबनाउने बताएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सले तहरीक-ए-तालिबान पाकिस्तानको आतंकवादी समूहका आतंककारीहरूले पाकिस्तान–अफगानिस्तान सीमामा पाकिस्तानमा बिना उक्साहट आक्रमण गरेको बताएको छ ।

पाकिस्तानको सुरक्षा बलले आक्रमणलाई विफल पारेको बताएको छ ।

झडपमा २३ पाकिस्तानी सैनिक र २०० भन्दा बढी आतंककारी मारिएका छन् ।

तालिबान शिविर र चौकीहरू, आतंकवादी तालिम केन्द्रहरू र अफगान क्षेत्रबाट सञ्चालन हुने समर्थन नेटवर्कहरू विरुद्ध सटीक गोलीबारी र हमलाहरू साथै भौतिक छापा मारिएको थियो ।

सीमामा धेरै तालिबान स्थानहरू नष्ट गरिएका छन् । अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानसँगको सीमामा शुरु गरिएको प्रतिशोधात्मक कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएका र अन्य ३० जना घाइते भएका बताएका छन् ।

कारबाहीका क्रममा कुल ९ अफगानी सैनिक पनि मारिएको र १६ जना घाइते भएका छन् ।