चुनावले देशलाई थप द्वन्द्वमा लैजाने संकेतःविज्ञहरु

59 Shares

काठमाडौं । जेन जी तथा विज्ञहरूको गोलमेच कार्यक्रम सम्पन्न भएको छ । 
सनिवार योङ इण्डिजिनिष्ट लिग सर्भ एण्ड सेभ डिभिजनले आयोजना गर्दै आएको एक अपूर्ण क्रान्ति विभाजन भन्दा परः जेन जी गोलमेचको दोश्रो श्रृंखलामा सहभागी १२ भन्दा धेरै जेन जी समूह तथा विभिन्न विज्ञहरुले  आ आफ्नो धारणा व्यक्त गरेका छन् । कार्यक्रममा चुनावले निकास नदिने साझा धारणा आएको छ । 
आयोजकको तर्फबाट राखिएका प्रस्तुतिमा जेन जी आन्दोलनले विना नेतृत्व सत्ता परिवर्तन गर्न सके पनि उनिहरूले किन रणनीतिक योजना सहित मुलुकको समाधान गर्न सकिरहेको छैन भन्ने प्रश्नबाट सुरु भएको गोलमेचमा जेन जी नेतृत्वहरूले ८४ को चुनाव ८२ मा सार्नको लागि युवाहरुले सहादत नदिएको धारणा व्यक्त गरेका थिए । जेन जी उपार्जन चाम्लिङले आफूहरू चुनावमा जानुको विकल्प नभएको र त्यसो नभएमा कि संसद पुनःस्थापना हुने नभए निरङकुशता लागु हुने अवस्था रहेको बताए ।यस्तै घाइते सुमन बोहोराले आफुहरू अस्पतालमा रहेको वखत जेन जी नेतृत्वहरूले घाइते र शहिदको भावना विपरित काम तथा सम्झौताहरू गरेको बताए ।Screenshot (23).png

Screenshot (25).png

कार्यक्रममा पूर्व सांसद सरिता गिरिले शुसिला सरकार चुनाव गराउन भन्दा पनि जेन जी विद्रोहले उठाएको माग तथा उक्त क्रममा भएको हिंसाको लागि सम्बन्धीत नेतृत्वहरुलाई जिम्मेवार बनाउन लाग्नु पर्ने सुझाव दिए । उनले लोकतन्त्र भनेको चुनाव मात्र नभई न्यायको सुनिश्चिता रहेको बताए । उनले शुसिला सरकार त्यस तर्फ नलागेकोले जेन जी मुभमेन्टलाई जनक्रान्ति तर्फ अगाडी बढाउन आग्रह गरे । भुराजनीतिक विज्ञ चन्द्र गिरिले पनि विगतदेखी नै प्रहरी र सुरक्षा निकाय अझ हिंसक भएको र हत्याको दर निरन्तर बढी रहेको दावा गरे । Screenshot (26).png

राष्ट्रिय मुक्ति क्रान्तिका मुख्य रणनीतिकार बुद्धछिरिङ मोक्तानले हालको चुनाव अग्रगमन नभई यथास्थितीवादलाई निरन्तरता दिने कदम रहेको बताए । उनले हालको सरकार जलिसकेको २०७२ को संविधान मार्फत पूनःयथास्थितीवादी शक्तिहरूलाई शक्ति हस्तान्तरण गर्ने प्रकृयामा रहेको र यसो भएमा यथास्थिती मात्र नभई पश्चगमन हुने दावी गरे । यदि देश पश्चगमनमा गए फेरी यो देशमा हतियार उठ्न सक्ने उनको धाराणा थियो । यस्तै, कार्यक्रममा योङ इण्डिजिनिष्ट लिगका कमाण्डर सनम लिम्बुले जेन जि माथिको प्रहारलाई बचाउ गर्ने र राजनीतिक मार्गदर्शन गर्ने प्रतिवद्धता अनुरुप यो कार्यक्रम आयोजना गरेको र विद्रोहलाई संस्थागत गर्नको लागि यो श्र्रृखलालाई निरन्तरता दिने बताए । कार्यक्रममा विज्ञहरू निष्णु थिङ, आदिवासीहरुको एसियाली युवासंघका संयोजक सुप्रिया राई, डा. विदुप्रकाश कायस्थ, बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक राजकुमार लामा लगायतको पनि उपस्थिती रहेको थियो । Screenshot (27).png