गीतसंगीत तथा कलाकारिताई नै आफ्नो करिअर बनाएका चाम्लिङ अर्धदशक पछि फर्किए निर्देशनमा

382 Shares

कलाकारिता जगतलाई रोजेर आफ्नो करिअरको दौडानमा  रहेका राज चाम्लिङ फेरि करिब अर्धदशक पछि निर्देशनमा फर्किएका छन् । करिब अर्धदशकदेखि निर्देशनबाट टाढा भएर घुमनाम रहेका निर्देशक चाम्लिङ पुनः पहिल्यकै पेशामा फर्किएका हुन् । उनले वि.सं. २०७० सालमा गायक कुबेर राईको ‘छोडी जान्छु’ बोलको गीतबाट निर्देशन यात्रा सुरु गरेका थिए । त्यसयता सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका चाम्लिङले सुदूरपूर्वमा बसोबास गर्ने लिम्बू समुदायको जीवनशैलीमा आधारित नेपाली कथानक चलचित्र  बैना बट्टा समेत  निर्देशन गरेका छन् ।

प्रेमराज लावतीद्वारा निर्मित उक्त चलचित्रको राष्ट्रिय नाचघर, जमलमा भब्य  प्रिमियर शो गरिएको थियो । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्र पूर्वका विभिन्न हलमा विशेष प्रदर्शन समेत गरिएको थियो । चलचित्रमा देवेन्द्र नेम्बाङ, कविता बान्तवा, बाबु मोक्तान ( बीएल, ) नैना कला आङ्देम्बे, रोमन लिम्बु लगायतका कलाकारको बेजोड अभिनय रहेको छ । धेरै आम दर्शकको मन जितेका सो चलचित्रलाई कोरोना महामारीका हलहरुमा भने प्रदर्शन हुन सकेन ।

त्यसपछि मेलिना राईको स्वर, सन्तोष राईको संगीत तथा बिमा थुलुङको शब्द रहेको ‘आमा’ गीत निर्देशन गरेपछि चाम्लिङ केही समय निर्देशनबाट टाढिएका थिए । लामो समय पछि ‘सिरिसिरी हावा चल्यो’ गीतमार्फत उनी पुनः निर्देशनमा फर्किएका हुन् । संयोग पनि रोचक छ । मेलिना राईको स्वर रहेको गीत निर्देशन गर्दै निर्देशन क्षेत्रबाट केही समय टाढिएका चाम्लिङ पुनः मेलिना राईकै स्वर रहेको ‘सिरिसिरी’ गीतमार्फत निर्देशनमा फर्किएका हुन् ।

उक्त गीतकार गणेश चेम्जोङ हुन् भने संगीत कृष्णकुमार राईको रहेको छ । सजिना, रायन लगायतका कलाकारको अभिनय रहेको उक्त भिडियो प्रेमा लामाले छायांकन गरेका हुन् । रोमानियाको राजधानी बुखारेस्टका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो चाँडै रिलिज गर्ने तयारी भइरहेको निर्माण टोलीले जनाएको छ ।