News Portal Demo
images ×
images ×
  • होमपेज
  • समाचार
  • राजनीति
  • अर्थ
  • देश
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • खेलकुद
  • शिक्षा
  • पर्यटन
  • राशिफल
  • विचार
  • फिचर
  • ब्लग
  • समाचार
  • राजनीति
  • अर्थ
  • देश
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • खेलकुद
  • शिक्षा
  • राशिफल
  • ब्लग
  • English

राशिफल

मेष
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

प्रारम्भमा केही विवादास्पद काममा अलमल हुनेछ। परिस्थितिले फजुल खर्च गराउन सक्छ। तापनि मिहिनेत गर्दा केही अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। मंगलवारपछि यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अवसरले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा मान-सम्मान प्राप्त हुनेछ। तर सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र विविध झमेला आइपर्ने सम्भावना छ। बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ।

वृष
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

प्रारम्भमा केही उल्झन भए पनि पेसा र अध्ययनमा सफलता प्राप्त हुनेछ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा पनि राम्रै फाइदा हुनेछ। कर्मयाेगले सफलताकाे उचाइमा पुर्याउनेछ। नयाँ कार्य थालनी हुन सक्छ। प्रतिस्पर्धीहरू स्वतः पछि पर्नेछन्। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। व्यापार र उद्योगमा सामान्य फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन्। नयाँ याेजना थाल्ने अवसर छ। प्रियजनसँग भेटघाट हुनेछ। आफन्तकाे साथ–सहयाेग जुट्नाले उपलब्धि हातपार्न सकिनेछ।

मिथुन
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारपछि स्थिति अनुकूल बन्नाले विभिन्न अवसर प्राप्त हुनेछन्। हिम्मतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। आँट र प्रतिभाद्वारा अरूलाई उछिन्न सकिनेछ। दिगो काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

कर्कट
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

सुरुमा सहयोगीबाटै धाेका हुन सक्छ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न मुस्किल पर्नेछ। आफ्ना कमजाेरीबाट प्रतिद्वन्द्वीले लाभ उठाउन सक्छन्। कामले उत्साह जगाए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला। लगनशील प्रवृत्तिले लाभ दिलाउनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काम थालनी हुन सक्छ। भौतिक साधन जुट्नाले जाेशजाँगर बढ्नेछ। पेसा–व्यवसायमा राम्रै लाभ हुनेछ।

सिंह
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

साता उत्साहवर्द्धक रहनेछ। बोलीको माध्यमले काम बन्नेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। अध्ययन र लेखनशैलीमा सुधार आउनेछ। आँट गर्दा काम बन्नेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो ल्याउन सक्छन्, सजग रहनुहाेला।

कन्या
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

आफन्तसँगको भेटघाटले साता उत्साहवर्धक रहनेछ। आँट र मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। रमाइलो जमघट र खानपानको आनन्द प्राप्त हुनेछ। पुरुषार्थी कामको यश लिने अवसर प्राप्त हुनेछ। आकर्षक पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। मंगलवारदेखि अध्ययनमा प्रगति हुनेछ। घरेलु सामान जाेहाे र किनमेलमा समय व्यतीत हुनेछ। सप्ताहान्तमा प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। अनुभवले ज्ञान बढ्नेछ र मिहिनेतले आम्दानीको स्रोत जुट्न सक्छ। व्यापार र उद्योगमा फाइदा उठाउन सकिनेछ।

तुला
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यक रकम जुटाउन सरसापट लिनुपर्ने हुन सक्छ। मंगलवारदेखि आफन्तको सहयाेग जुट्नाले मनमा आनन्द मिल्नेछ। व्यवसाय विस्तार हुनेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। राेकिएकाे काम सम्पादन हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ। तर सप्ताहान्तमा आस गरिएको नतिजा कमजाेर आउन सक्छ। जटिल कामको जिम्मेवारी प्राप्त हुनेछ। नयाँ काम थाल्न पनि उपयुक्त साइत प्रतीक्षा गर्नुपर्ला।

वृश्चिक
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

साताकाे प्रारम्भमा विशेष लाभ हुनेछ। साेचेका धेरै काम सम्पादन हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। नयाँ क्षेत्रमा लगानी गर्ने र भाैतिक साधन जुटाउने समय छ। सञ्चित रकम भने हातबाट बाहिरिन सक्छ। मंगल, बुध र बिहीवार अधिक खर्च बढ्नेछ। तापनि पछिका लागि लगानी गर्ने मौका छ। सोखले खर्च निम्त्याए पनि आवश्यक सामान जोहो गर्ने समय छ। सप्ताहान्तमा भविष्यको मार्गचित्र कोर्न सकिनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। तर, कुरा लगाउनेहरूले सम्बन्धमा फाटो ल्याउन सक्छन्, सजग रहनुहाेला।

धनु
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

प्रारम्भमा एकपछि अर्को अवसर आउने समय छ। तर उचित विकल्प छान्न नसक्दा व्यवहारमा अन्याेल बढ्न सक्छ। आफन्त र साथीभाइकाे शंकास्पद व्यवहारले मन झस्काउन सक्छ। तापनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मंगलवारदेखि आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा भने फजुल खर्च बढ्न सक्छ। समयमा होसियार नबन्दा काममा बाधा पुग्नेछ। तापनि यात्राको अवसर जुट्न सक्छ। परोपकारी काममा रकम खर्च हुनेछ।

मकर
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

नयाँ अवसर प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। मिहिनेतले बिस्तारै सफलताको खुड्किलो चढ्न सकिनेछ। बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आयस्रोत बढ्नाले समस्या समाधान हुनेछन्।

कुम्भ
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

प्रारम्भमा स्वास्थ्य कमजाेर रहे पनि कामको दायित्व बोझिलाे हुनेछ। अरूको स्वार्थमा उपयोग भइएला। धनमाल हराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। मंगलवारपछि स्थितिमा सुधार आउनुका साथै नयाँ अवसर पनि प्राप्त हुनेछन्। राेकिएका काम सम्पादन हुनुका साथै आयस्राेत पनि सबल बन्नेछ। सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। व्यापार बढ्नेछ र नयाँ जिम्मेवारी हातपार्न सफल भइनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। कामले प्रसिद्धि बढाउनेछ।

मीन
साप्ताहिक राशिफल साउन ३१–भदाै ६, २०८३

सुरुमा प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। उपहार तथा आतिथ्यपूर्ण सम्मान पाइनेछ। पेसा–व्यवसायमा राम्राे फाइदा हुनेछ। तारिफयाेग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। तर मंगलवारपछि अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। माैसमी राेग वा चोटपटकको योग देखिएकाले जाेखिमबाट बच्न सावधान रहनुहाेला। अर्थ अभावले पनि सताउनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययन तथा लेखनमा प्रगति हुने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

सम्पर्क ठेगाना
  • काठमाडाैँ, बानेश्वर–१०
  • +977-9801875253
  • +977-9801875258, +977-9801875279
  • [email protected]
हाम्रो समूह
सम्पर्क
  •  
  • सूचना बिभाग दर्ता नं. : २८३३ - २०७८/७९
newshousenepalofficial

Copyright © 2026 Nepalnewshouse.com. All rights reserved.

Design & Developed By :   Rudra Digital Corp.