काठमाडौं । काठमाडौं स्थित विश्वप्रसिद्ध पशुपतिनाथ मन्दिर क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको छ।
मन्दिर व्यवस्थापन, सुरक्षा व्यवस्था, साधु–सन्तको व्यवस्थापन, दर्शनार्थीको लाइन व्यवस्थापन तथा सरसफाइ लगायतका काम तीव्र रूपमा अघि बढाइएको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ।
यस वर्ष पर्वमा नेपाल सहित भारत लगायत विभिन्न देशबाट लाखौं श्रद्धालु आउने अपेक्षा गरिएको छ। दर्शनलाई सहज बनाउन अतिरिक्त स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, खानेपानी र शौचालयको अस्थायी व्यवस्था मिलाइएको छ।
सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिने जनाइएको छ। मन्दिर परिसर आसपासको क्षेत्रमा सवारी व्यवस्थापन र भीड नियन्त्रणका लागि विशेष योजना बनाइएको छ।
महाशिवरात्रि पर्वको दिन पशुपतिनाथ मन्दिर रातभर खुला रहने र विशेष पूजा, आरती तथा धार्मिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया