भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन् । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण्मा तथा ठगी अन्त्य गर्न माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत, जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी नियन्त्रण गर्न नसक्दा आफूहरुले न्युनतम बजार मूल्य समेत पाउन नसकेको एक कुखुरापालक किसानले गुनासो गर्नुभयो ।
सरकारले तस्करी पूर्ण रुपमा नियन्त्रण गर्दै कुखुरा र चल्लाको न्यूनतम समर्थन मूल्य वृद्धि गर्नुपर्ने उहाँको माग छ । किसानका समस्या, गुनासो र सुझाव सुन्न छुट्टै आयोग वा सयन्त्र गठन गर्नुपर्ने, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरापालक किसानको माग छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया