9
Shares
चीनको रोबोट निर्माता कम्पनी युनिट्री रोबोटिक्सले मानिसको शारीरिक गतिविधि र हाउभाउको नक्कल गर्न सक्ने अत्याधुनिक रोबोट सार्वजनिक गरेको छ । उक्त रोबोटले मानव सञ्चालकको शरीरको चालढाललाई वास्तविक समयमा पछ्याउँदै लगभग तत्काल प्रतिक्रिया दिन सक्छ।
यसले मानिसको गतिविधिसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउन सक्ने क्षमता राख्छ । रोबोटले मानिसले गर्ने विभिन्न शारीरिक गतिविधि तथा हाउभाउलाई एकै समयमा नक्कल गर्न सक्छ । मानव गतिविधिलाई यति उच्च स्तरमा पछ्याउन सक्ने यस प्रविधिलाई रोबोटिक्स क्षेत्रमा भएको पछिल्लो महत्त्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया