सरकारले खोल्दै काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला

147 Shares

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला सरकारले आज खोल्ने भएको छ। भाडा विवादका कारण समाज कल्याण परिषद्ले बन्द गरेको पुस्तकालय चौतर्फी विरोधपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो। करिब ४० हजार पुस्तक रहेको पुस्तकालय दैनिक करिब २०० पाठकले प्रयोग गर्ने गर्छन्। भाडा विवाद भने अझै समाधान हुन बाँकी छ।