विश्वभर पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन परीक्षण तथा उपचार सेवा विस्तार गर्न विश्व स्वास्थ्य संगठन ले सबै देशलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नोभेम्बर १७ मा सार्वजनिक गरेको नयाँ तथ्यांक ३० देखि ४९ वर्ष उमेर समूहका पाँचमध्ये तीन महिलाले अहिलेसम्म पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छैनन् ।
न्यून तथा मध्यम आय भएका देशमा परीक्षणको पहुँच अझ कमजोर छ । पछिल्लो पाँच वर्षमा ती देशका केवल २ प्रतिशत महिलाले मात्र एचपीभी परीक्षण गराएका छन् । उच्च आय भएका देशमा भने यो संख्या ३२ प्रतिशत रहेको छ ।
परीक्षणको पहुँच नपुगेका महिलासम्म स्वास्थ्य सेवा पु¥याउन र परीक्षणमा समस्या देखिएका महिलालाई समयमै उपचार उपलब्ध गराउन जोड दिएको छ । पाठेघरको मुखको क्यान्सर मुख्यतः ह्युमन प्यापिलोमा भाइरसको दीर्घकालीन संक्रमणका कारण हुने गर्छ ।
तर समयमै खोप, नियमित परीक्षण र उपचारबाट यसलाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । सन् २०२४ मा विश्वभर यस रोगका करिब ६ लाख ४ हजार नयाँ संक्रमित भेटिएको र करिब २ लाख ८० हजार महिलाको मृत्यु भएको को तथ्यांक छ ।
संगठनले सन् २०३० सम्म ९० प्रतिशत किशोरीलाई एचपीभी खोप, ७० प्रतिशत महिलालाई निर्धारित उमेरमा परीक्षण र उपचार आवश्यक पर्ने ९० प्रतिशत महिलालाई उपचारको पहुँचमा पु¥याउने लक्ष्य राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया