काठमाडौं । स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौंको ठमेलस्थित स्नो लाइन होटलमा अवैध रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार दिउँसो करिब १ बजे प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २५१ र ५५ अरब दिराम फेला पारेको थियो ।
पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन् ।
बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया