किक्रेटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिए

8 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलले प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका छन् । उनीहरू वैवाहिक जीवनमा प्रवेश गरेका हुन् ।

रोहितले थाइल्यान्डमा विवाह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह समारोहका तस्बिर सार्वजनिक गर्दै नयाँ जीवनको सुरुवातबारे जानकारी दिएका छन् ।

 

तस्बिरसँगै उनले आफूहरू सपना बुन्ने सहयात्रीबाट अब जीवनभर साथ दिने यात्रामा अघि बढेको भाव व्यक्त गरेका छन् ।

उनको विवाहको खबर सार्वजनिक भएपछि नेपाली क्रिकेटका खेलाडी, समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गरिरहेका छन् ।