मिथिला संस्कृति समाज नेपालद्धारा सीता माताको विवाह पञ्चमी उत्सव सम्बन्धी समारोह

188 Shares

काठमाडौं । मिथिला संस्कृति समाज नेपालद्धारा सीता माताको विवाह पञ्चमी उत्सव सम्बन्धी विचार गोष्ठी गरिएको छ । विहिवार ललितपुरमा मधेश आयोगको सभा हलमा सीता माताको विवाह पञ्चमी सम्वन्धी विचार मंन्थन भएको छ । मिथिला समाजले आफ्नो स्थापनाकाल देखि नै समसामयिक विषयवस्तुहरुमा विचारगोष्ठी अन्तरक्रिया तथा अन्तरक्रियात्मक संवादजस्ता कार्यक्रमहरु आयोजना गदै आएको मिथिला समाज नेपालले जनाएको छ । साथै हरेका वर्ष राष्ट्रिय विभूति सीता माताको विवाह पञ्चमी उत्सव समारोहको शुभावसरमा सीता माताको महिमासम्वन्धी चर्चापरिचर्चा विचार मंथन तथा स्रष्टा सम्मान कार्यक्रम समेत गर्दै आएको छ ।कार्यक्रममा मिथिला क्षेत्र र जनकपुरको सांस्कृतिक पक्षबारे चर्चा गरिएको थियो । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव  बिहीवारबाट शुरु भइसकेको छ । भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गर्ने गर्दछन् । नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो । नगर दर्शन विधिका लागि जनकपुरधाम स्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो ।