अर्थ, गृह, ऊर्जामा मन्त्रीको टुंगो लाग्यो, भोली नै सपथ

280 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो आइतबार लागेको छ । 

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् ।

उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।