विश्वविद्यालयका सबै परीक्षा स्थगित

109 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् ।

त्रिविको ४ वर्षे स्नातक तहको परीक्षा २४, २५ र २६ गतेको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि २४ र २५ गते हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ ।

काठमाडौं विश्वविद्यालयले भने २४ गते अध्ययन–अध्यापन नहुने जनाएको छ ।