मधेसका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवद्वारा शपथ ग्रहण

46 Shares

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउनुभएको हो ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शनिबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

यसअघि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो । दाबीका लागि तोकिएको समयमा कुनै दलले बहुमत जुटाउन नसकेपछि यादव मुख्यमन्त्री नियुक्त हुनुभएको हो । यादव मधेस प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको छ ।