56
Shares
राष्ट्रिय हक्की लिग (एनएचएल) अन्तर्गत आइतबार भएको खेलमा विनिपेग जेट्सले टाम्पा बे लाइटनिङलाई ४–३ गोलले पराजित गरेको छ । खेल सकिन १.६ सेकेन्ड मात्रै बाँकी रहँदा मार्क शाइफेलेले निर्णायक गोल गर्दै जेट्सलाई रोमाञ्चक जित दिलाएका हुन् ।
क्यानडाको विनिपेगस्थित क्यानडा लाइफ सेन्टरमा भएको खेलमा जेट्सले तेस्रो अवधिमा ३–० को अग्रता बनाएको थियो । तर टाम्पा बेले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गरेर खेल ३–३ को बराबरीमा पु¥यायो ।
खेलको अन्तिम क्षणमा जेट्सले पाँचविरुद्ध तीन खेलाडीको पावर प्लेको अवसर पाएको थियो । त्यही अवसरमा कोल पर्फेट्टीको पासलाई सदुपयोग गर्दै शाइफेलेले गोल गरेपछि जेट्सले जित सुनिश्चित ग¥यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया