10
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।
केहीबेरमा सुरु हुने खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ । टस जितेको काठमाडौंका कप्तान करण केसीले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
यस खेलमार्फत अस्ट्रेलियाका स्टार खेलाडी डेभिड वार्नरले एनपीएलमा डेब्यु गर्दैछन् । उनी पहिलोपटक काठमाडौं गोर्खाजबाट मैदान उत्रिँदैछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया