नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको १४औँ खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुने तालिका रहेको छ । यसअघि लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको थियो ।
यता जनकपुरले पनि पोखरालाई नै ९ रनले हराउँदै प्रतियोगितामा जित निकालेको थियो । पछिल्ला खेलमा जित हात पारेका दुवै टोली आजको प्रतिस्पर्धामा पनि आफ्नो लय कायम राख्ने प्रयासमा हुनेछन् ।
लिग चरणको अंकतालिकामा महत्वपूर्ण स्थान बनाउन यो खेल दुवै टोलीका लागि अवसरका रूपमा रहनेछ । एनपीएलअन्तर्गत आजै साँझ ५ बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया