काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथि गरिएको निलम्बनको विषयमा गोपनीयता भंग गर्ने कार्यलाई कुनै पनि अवस्थामा छुट नदिइने बताउनुभएको छ ।
गोप्य सूचना चुहाएको आरोपमा मन्त्रालयले सोमबार साँझ एआइजी दाहाललाई निलम्बन गरेको थियो। घटनाबारे विस्तृत छानबिन गर्न मन्त्रालयले छुट्टै समिति समेत गठन गरेको छ।
गृहमन्त्री गुरूङले लेख्नुभएको छ, “गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।”
उहाँले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएको बताउनुभएको छ । “राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।”
राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकैले कुनै उन्मुक्ति नपाउने र त्यस्ता व्यक्तिलाई कानूनको कठघरामा ल्याइने उहाँले बताउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया