क्रिकेटका ९ खेलाडी ‘टिम एक्सट्रीम’मा

7 Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी ‘टिम एक्स्ट्रिम’मा आबद्ध भएका छन् ।

नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यसहित कम्पनीले खेलाडीसँग सहकार्य गरेको जनाएको छ । सम्झौता अनुसार सन्दीप लामिछानेदेखि रोहित पौडेलसम्म ‘टिम एक्स्ट्रिममा आवद्ध भएका छन् ।

टीममा सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम पनि सदस्य बनेका छन् । सम्झौतासंगै खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कको लोगो राखिनेछ । साथै कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रचार, ब्रान्ड तथा खेलकुदसम्बन्धी कार्यक्रममा सदस्य खेलाडीे सहभागी हुनेटछन् ।

नेपाली क्रिकेटमा खेलाडीको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राख्दै यस्तो सहकार्य गरिएको कम्पनीको दाबी छ । यसैअवसरमा कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) का ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान समेत सार्वजनिक गरेको थियो ।