हुसेन तलातले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन जोड्यो ।
ओपनर सचिन शर्मा खाता नै नखोली आउट भए भने दीपक डुम्रेले पनि ७ रन मात्रै बनाउन सके । तर, हुसेन तलात र अरिफुल इस्लामले ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेपछि टोली सम्मानजनक योगफलसम्म पुग्न सफल भयो । तलातले ३३ बलमा ५१ रन बनाउँदै अविजित रहे ।
उनले आफ्नो इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे । अरिफुलले १५ बलमा ३५ रन जोड्दा गुल्शन झाले ६ बलमै १८ रन बनाए। पवन सर्राफले १५ रनको योगदान दिए ।
चितवनका बलरमध्ये कमल ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान दुई विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले एक–एक विकेट हात पारे । प्लेअफमा स्थान बनाइसकेको चितवनका लागि अब कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याउने चुनौती छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया