बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

22 Shares

काठमाडौं । बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका–४ का २७ वर्षीय जिप चालक कुन्दन बोहरा रहेका छन् । प्रहरीका अनुसार बिहीबार बिहान करिब १० बजे सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो ।

दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा चालक बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जयपृथ्वी नगरपालिका–८ की २५ वर्षीया विपना बोहरा र भारतको कलकत्ता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।