काठमाडौंको वायु प्रदूषण फेरि बढ्यो

183 Shares

काठमाडौं ।
वर्षाका कारण केही घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ।

हाल काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५० भन्दा माथि पुगेको छ। यसअघि शुक्रबार बिहान वायु गुणस्तर १०० भन्दा तल रहेको थियो।

काठमाडौंमा अहिले मधुरो घाम लागेको छ भने मौसम पूर्ण रूपमा सफा हुन सकेको छैन। आकाशमा हल्का तुवाँलो लागेकाले प्रदूषणको मात्रा केही बढेको हो।

वायु गुणस्तर सूचकांकअनुसार ५० सम्म राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ।