जुम्लाबाट उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

166 Shares

काठमाडौं ।
जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीको मृत्यु भएको हो। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार उद्धार गरिएको थियो।

उद्धारपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना गरिएकी नेपालीको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।