झापा–५ मा बालेन्द्र शाहको वाचा पत्र सार्वजनिक

212 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गर्नुभएको छ।

सोमबार सार्वजनिक गरिएको वाचा पत्रमा झापा–५ का प्रमुख समस्या र एजेण्डालाई समेटिएको उहाँले बताउनुभएको छ। नेता शाहले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने मुख्य प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुभएको छ।

वाचा पत्रमा राजनीतिलाई पेशा नबनाउने दाबी गर्दै उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने र सार्वजनिक सेवालाई चुस्त तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले जनतासँग प्रत्यक्ष सम्वाद, पारदर्शी कार्यशैली र जवाफदेहितालाई आफ्नो अभियानको मुख्य आधार बनाउने उल्लेख गर्नुभएको छ।